धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल मेरो अभियान:काली बाबा


 ४ भदौ,काठमाण्डौं
गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ साथै धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल आफ्नो अभियान भएको समेत बताउनु भएको हो। मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो ।

 उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो र भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको समेत बताउनु भयो ।

उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो ।

नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताउनु भयो । उहाँले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको समेत बताउनु भयो

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते