दुधकोशी नदीमा भिषण बाढी,थामे गाँउमा ठ्लो क्षति

 


३२ साउन, काठमाण्डाैं

दुधकोशी नदीमा शुक्रबार आएको भिषण बाढीले थामे गाँउमा ठूलो क्षति पुगेको जनाईएको छ।

 दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको हो । बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको जनाईएको हो।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङका अनुसार खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरिएको छ।

दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपिल  गरिएको छ भने थामेगाउँमा गएकाे हिमपहिरोले करिब २० घरमा क्षति पुर्‍याएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समय जाँदा दुधकोशी नदीमा भीषण हिमपहिरो बाढी आएको हो ।

हिमपहिरो गएको  खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गर्नुका साथै   सेनाका अनुसार हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जनाएको हो । 

 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन