अप्टिकल फाईबर काटिएर अवरुद्ध एनसेलको सेवा पुनःसंचालन

 


२८ साउन,काठमाण्डौं
 
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध भएको संचालनमा आएको छ । पोखरा र दमौली बीचमा नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा अप्टिकल फाइबर काटिदिएपछि कम्पनीको सेवा आंशिक रूपमा अवरुद्ध भएको हो ।

सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाईएको छ ।सो समयमा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा फोन सम्पर्क हुन सकिरहेको थिएन ।

तर एनसेलबाट नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा भने सम्पर्क भइरहेको थियो । नेटवर्कको समस्या मधेस प्रदेश बाहेक देशव्यापी रूपमा देखिएको हो । पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा कम्पनीको सेवा प्रभावित भएको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन