अप्टिकल फाईबर काटिएर अवरुद्ध एनसेलको सेवा पुनःसंचालन

 


२८ साउन,काठमाण्डौं
 
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध भएको संचालनमा आएको छ । पोखरा र दमौली बीचमा नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा अप्टिकल फाइबर काटिदिएपछि कम्पनीको सेवा आंशिक रूपमा अवरुद्ध भएको हो ।

सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाईएको छ ।सो समयमा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा फोन सम्पर्क हुन सकिरहेको थिएन ।

तर एनसेलबाट नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा भने सम्पर्क भइरहेको थियो । नेटवर्कको समस्या मधेस प्रदेश बाहेक देशव्यापी रूपमा देखिएको हो । पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा कम्पनीको सेवा प्रभावित भएको जनाईएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते