बिष्णु माझीको गीतसंगै तीजमा उमंग आयो

  


९ भदौ, झापा
चर्चित गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । यो गीत सँगै फेरि एक पटक तीज मनाउने चेलीबेटीमा खुशीयाली छाएको हो।

हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी हुन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ ।

 गत बर्ष भन्दा अघिल्लो बर्ष उनले गाएको तीजको चर्चित गीत चरि जेलैमाले माझीलाई चर्चित बनाएको हो भने अहिले सार्बजानिक भएको यो गीत पनि ट्रेन्डिङ्गमा पर्न सफल हुने देखिन्छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते