गायन रियालिटी शो 'द भ्वाइस किड्स को ' ग्राण्ड फिनाले आज हुने


भदौ १,काठमाण्डौं

चौध बर्ष मूनिका बाल बालिकाहरुको गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन-३ को ग्राण्ड फिनाले आज हुने भएको छ।

भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्ने जनाईएको हो। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।


जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा,  कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्।


यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा शो लाइभ हुनेछ। 

यो शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन्। यसपटक झण्डै १७ हजार बालप्रतिभा शोको डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै फिनाले हुन लागेको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन