बिर्तामोडमा बिषालु सर्पले डसेर महिलाको मृत्यू


 २७ साउन,बिर्तामोड

विषालु सर्पले डस्दा बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ ।बिर्तामोड–७ गरामनी मिलडाँडा बस्ने स्व. छविरमण पौडेलकी श्रीमती ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर आज मृत्यु भएको हो ।

 बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९.२५ बजे थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा पौडेलको बाटैमा मृत्यु भएको  आफन्तले जानकारी गराएका छन्।

 


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते