बिर्तामोडमा बिषालु सर्पले डसेर महिलाको मृत्यू


 २७ साउन,बिर्तामोड

विषालु सर्पले डस्दा बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ ।बिर्तामोड–७ गरामनी मिलडाँडा बस्ने स्व. छविरमण पौडेलकी श्रीमती ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर आज मृत्यु भएको हो ।

 बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९.२५ बजे थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा पौडेलको बाटैमा मृत्यु भएको  आफन्तले जानकारी गराएका छन्।

 


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन