बिर्तामोडका ब्यबसायी प्रसाई अर्केको घरमा मृत फेला
७ भदौ,बिर्तामोड
अर्जुनधारा नगरपालिका-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबारै उनी झुन्डिएको थाहा भएको हो । मैनाली भने काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीको भनाई छ ।
प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए
सुरुमा जमिनको कारोबार गरेका प्रसाई हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईँभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका हुन् ।
मैनालीको घरमा गएर प्रसाईले आत्माहत्या गरेकाले मैनालीसंग प्रसाईको ब्यबहारिक लेनदेन रहेको र लेनदेन सम्बन्धि खटपट रहेको समेत आशंका गरिएको हो।
Comments
Post a Comment