हरितालिका तीज मनाउने तयारी गर्दै शिवालय चोक बिर्तामोड-१०

 


८ भदौ,झापा

आगामी भदौ २१ गते पर्ने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोड-१० शिवालय मन्दिर शिवालय चौकमा तीज विशेष कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको छ । बिबिध कार्यक्रमहरुको आयोजना गरि हरितालिका तीज पर्व मनाउन लागिएको आयोजक शिवालय मन्दिर संरक्षण समिति बितीमोड-१० शिवालय चोकले जानकारी गराएको हो। उक्त स्थानमा रहेको शिवालय मन्दिरमा त्यस दिन कार्यक्रम आयोजना गरिने समितिले जानकारी गराएको छ।

उक्त कार्यक्रम सफल बनाउन स्थानिय गायत्रा न्यौपानेको संयोजकत्वमा एकचालिस सदस्य रहेको तीज विशेष कार्यक्रम आयोजक समिति  यही भदौ पाँच गते बसेको शिवालय मन्दिर संरक्षण समितिको बैठकले गठन गरिएको  शिवालय मन्दिर संरक्षण समितिका सचिव खुवराज भट्टराईले जानकारी दिए। जसमा कोषाधक्षमा गोमा श्रेष्ठ,सचिवमा चन्दा पौडेल,सहसचिवमा निर्मला न्यौपाने र अन्य सदस्य रहेको जनाईएको छ।

वडा कार्यालयका सम्पुर्ण पदाधिकारीहरू स्थानीय समाजसेवी बुद्धिजीवीहरु सुरक्षाकर्मीहरु महिला दिदि बहिनीहरु उपस्थित रहने ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती स्थानिय कलाकारहरु,वाल क्लबका ‌कलाकारहरुको प्रश्तुति रहने कार्यक्रममा सम्पुर्ण आमा दिदि बहिनि चेलीबेटी साथै बाल क्लबका नानीहरुको बेजोड बिबिध प्रस्तुति सहित नृत्य कार्यक्रम,सम्मान लगायत राष्ट्रिय र स्थानिय कलाकारहरुको कलाकारिताको .बेजोड प्रस्तुति रहने समेत सचिव भट्टराईले जानकारी गराए। संस्कृति संरक्षण साथै हरितालिका तीजमा ब्रत बसेका दिदिबहिनी चेलीबेटीहरुको हौसला बढाउन कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाई छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति