सिक्किम केन्द्रबिन्दु रहेको भूकम्पको धक्का पूर्वी नेपालमा

 


२५ साउन,झापा

आज बिहानै नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुश भएको छ। बिहान सात बजेर पन्ध्र मिनेट जाँदा नेपालको पूर्वी भेग काकरभिट्टा,बिर्तामोड लगायत आसपासका क्षेत्रहरुमा उक्त धक्का महसुस गरिएको हो। सो धक्का भारतको सिक्किम केन्द्र बिन्दु भै आाएको भूकम्पको धक्का भएको भारतीय  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भारतिय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय बिहान ६ बजेर ५७ मिनेट जाँदा सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।

 सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा महसुस भएको र सोही भुकम्पको धक्का नेपालको पूर्वी क्षेत्रमा समेत महसुस गरिएको केन्द्रले जनाएको हो। 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन