आन्दोलन हिंसात्मक बने पछि बंगलादेशको प्रधानमन्त्रीले देश छाडिन्


२१ साउन,ढाका
बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधामन्त्री पदबाट राजिनामा दिए लगत्तै देश समेत छाडेकी छिन्। आरक्षण सम्बन्धिको आन्दोलन पुनः चर्किएर हिंसात्मक रूप लिन थाले पछि उनले राजिनामा दिए संगै देश छाडेकी हुन्। पछिल्लो समयमा त्यहाँ करिब सयजना भन्दा बढीको मृत्यु आन्दोलनका कारण एकै दिन भएका समाचारहरु प्रकाशमा आईरहेका थिए। आजै उनले देश छाडेको खबर समेत प्रकाशमा आएको हो।

 प्रधानमन्त्री शेख हसिना आफ्नि बैनि लिएर ढाकाबाट भारतको  कोलकाता गएर लुकेकि भन्ने श्रोतको भनाई भएता पनि यकिन भने भै नसकेको  हो। 

पछिल्लो १५ बर्ष देखि शेखले बंगलादेशमा शासन भार सम्हालि रहेकी थिइन । आजै परिस्थिति सम्बन्धि बंगलादेशको सेना प्रमुखले देशबासीको नाममा सम्बोधन गर्ने समेत तयारी रहेको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन