झापा काँकडभिट्टाका बस्नेत भुटान प्रिमियर लिगको प्रशिक्षक

  


२३ साउन,झाया
गोलरक्षक प्रशिक्षक मीन बस्नेत भुटानको शिर्ष फुटबल भुटान प्रिमियर लिगमा अनुबन्ध भएका छन्। हाल भुटानको शिर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । । यो अनुवन्धसँगै बस्नेत भुटान प्रिमियर लिगमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।

फुङ्सोलिङ हिरोजको मुख्य प्रशिक्षकमा नेपालकै अनुभवी तथा युवा प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । फुङ्सोलिङ हिरोजले नेपाली फुटबलमा चर्च व्बाइज एफसीबाट खेलिसकेका झापाका आशिष चापागाईंलाई पनि अनुवन्ध गरेको छ ।

बस्नेतले यसअघि हिमालयन शेर्पामा रहेर ए डिभिजन लिग तथा धनगढी एफसीमा आवद्ध भएर नेपाल सुपर लिगमा पनि गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।

उनले नेपालको उमेर समुह महिला टिमलाई समेत प्रशिक्षण गरेका छन् । झापा काँकडभिट्टाका बस्नेत एक दशक ए डिभिजन फुटबल खेलिसकेका खेलाडी हुन् ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला