सर्पले डसेर मेचीनगरका अठार बर्षीय राजबंशीको मृत्यू
२४ साउन,झापा
झापाको मेचीनगरमा सर्पले डसेर एकजना युवाको मृत्यु भएको छ ।
मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको सर्पको टोकाईको कारणले हिजो मृत्यु भएको हो ।
राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको परिवारले जनाएको छ ।
Comments
Post a Comment