हावा हुण्डरीले बिर्तामोड-९ को पूर्ण कृषि फर्ममा क्षति

 


१८ साउन झापा

हिजो सॉझ आएको हावा हुण्डरीले बिर्तामोड-९ कञ्चन टोलका बिष्णु माया श्रेष्ठको पूर्ण कृषि फर्मको तरकारी बालीमा क्षत्ति पुगेको छ। साथै उनकै घरको पाँचवटा सुपारीको बोट समेत हावाहुण्डरीले  लडाएको हो।

साँझ तीन पन्ध्र बजे तिर पूर्व तर्फबाट आएको  क्षणिक करिब दुई तीन मिनेटको मात्र हावा हुण्डरीले फर्मको डेढ कठ्ठा क्षेत्रफलमा बनाईएको चालीस बाई बीस फिटको तीन वटा टनेल लडाएर  क्षति पुऱ्याएको साथै त्यस भित्रको रायोको साग बिग्रिएको र डेढ कठ्ठा जमिनकै घिरौला बारीमा रुख लडेर थिचिनाले भर्खरै फल्न थालेको घिरौला बारीमा समेत असर गर्दा टनेल निर्माण खर्च, साग, घिरौला र सुपारी लगायतको हिसाब गर्दा करिब एकलाख पैतिस हजार बराबरको क्षति भएको फर्मका संचालिका बिष्णु माया श्रेष्ठले जानकारी गराईन ।

चालिस बाई बीस फिटको एउटा बाँसको टनेल निर्माण खर्च करिब तीस हजार पर्न जान्छ त्यस्तै रायो साग पचास रुपैया मूठा र घिरौला सत्तरी रुपैया केजी साथै सुपारी तीस रुपैया केजी बिक्रि हुन्छ उनले जानकारी गराईन।

पूर्ण कृषि फर्म दर्ता गराएर श्रेष्ठले बिगत तीनबर्ष देखि बिर्तामोड-९ कञ्चनटोलमा कृषि कर्म गर्दै आएको जनाईएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला