बिर्तामोड-९ मा आएको कल्भर्टको बाढीले बाईक बगायो

 


११ असोज,बिर्तामोड

बिर्तामोड-९ बिराटपोखरदेखि कोलाटोली जाने बाटोको कल्भर्टमा आएको बाढीले बिर्तामोड -९ कोलाटोली निबासी रण बहादुर बस्नेतको मे.४ प ३४१४ न.को सुपर स्पेलेन्डर बाईक सहित उनलाई बगाएकोमा बस्नेत केही क्षण पछि पौडिएर निस्किएका उनका परिवारिक श्रोतले जनाएको छ भने बाईक भने हराईरहेको जनाइएको छ।बाईक आज दिउसो बगाएको हो।

गत बुधबार बेलुकादेखि झापा
 लगायत देशको बिभिन्न भागमा अबिरल बर्षा भैरहेको छ भने बर्षाले ठाउँ ठाउँमा बाढी आईरहेको छ।

यसै बिच जल तथा मौसम बिमागलेअसोज ११ बिहान ९:३० बजे
पछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह,चण्द्रगढी,केचना,अनारमनी बिरता,इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको,सो क्षेत्र भई बहने कन्काई,मेची,विरिङ,निन्दा र अन्य स-साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाई राख्न सचेतना समेत जारी गरेको छ। 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन