बिर्तामोड-९ मा आएको कल्भर्टको बाढीले बाईक बगायो
११ असोज,बिर्तामोड
बिर्तामोड-९ बिराटपोखरदेखि कोलाटोली जाने बाटोको कल्भर्टमा आएको बाढीले बिर्तामोड -९ कोलाटोली निबासी रण बहादुर बस्नेतको मे.४ प ३४१४ न.को सुपर स्पेलेन्डर बाईक सहित उनलाई बगाएकोमा बस्नेत केही क्षण पछि पौडिएर निस्किएका उनका परिवारिक श्रोतले जनाएको छ भने बाईक भने हराईरहेको जनाइएको छ।बाईक आज दिउसो बगाएको हो।
गत बुधबार बेलुकादेखि झापा
लगायत देशको बिभिन्न भागमा अबिरल बर्षा भैरहेको छ भने बर्षाले ठाउँ ठाउँमा बाढी आईरहेको छ।
यसै बिच जल तथा मौसम बिमागलेअसोज ११ बिहान ९:३० बजे
पछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह,चण्द्रगढी,केचना,अनारमनी बिरता,इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको,सो क्षेत्र भई बहने कन्काई,मेची,विरिङ,निन्दा र अन्य स-साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाई राख्न सचेतना समेत जारी गरेको छ।
Comments
Post a Comment