अत्यधिक बर्षातले बृहस्पतिको साग बेचेर दशैं मनाउने सपना झवाम



१४ असोज,बिर्तामोड

बिर्तामोड-९ बद्रीबारीका बृहस्पति सेढाईको रायो र तोरीको साग बेचेर दशैं मनाउने सपना चकनाचुर भएको छ। चार दिन परेको अबिरल बर्षातले उनको तरकारी बालीमा पूर्ण रूपमा क्षति पुगेको हो।

 सेढाईको चारकठ्ठा जमिनमा लगाईएको बिक्रि गर्न ठिक्क पारेको तोरीको साग र चार वटा टनेलमा लगाएको रायोको साग अत्यधिक बर्षातले बिग्रिएको छ। सेढाईको भनाई अनुसार चालिस देखि पचास हजार सम्मको रायो र तोरीको साग बिग्रिएको उनले बताए।

बिगत केही बर्षदेखि उनले चाडपर्ब लक्षित तरकारी खेतीबाट चाडपर्व खर्च चलाउँदै आएको बताए। विशेष गरि दशैंमा उनी साग बिक्रि
 गर्न रुचाउछन् । सोही अनुरूप यस बर्षपनि उनले दशैं लक्षित साग खेती गरेकोमा बिक्रि गर्ने समयमा परेको अत्यधिक बर्षातले उनलाई नोक्सान पुगेको हो। यसको साथसाथै उनले राखेको अन्य तरकारीको बेर्ना समेत पानीले बिगारिदिएको सेढाईले बताए।

अत्यधिक रूपमा परेको अविरल वर्षाका कारण राजधानी उपत्यकालगायत देशभरमा ३ हजार ४ सय निजी घरहरूमा समेत क्षति पुगेको छ। त्यस्तै,सरकारी भवनहरू ३ सयको हाराहारीमा क्षतिग्रस्त भएको विवरण सार्वजनिक भएका छन्।
आइतबार रातिसम्म प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकापछि सबैभन्दा बढी भौतिक क्षति काभ्रेको रोशी गाउँपालिकामा परेको छ। भौतिक क्षतिको विवरण आउन बाँकी रहे पनि मुलुकभर सम्पूर्ण ४० अर्बभन्दा बढी क्षति भएको आँकलन गरिएको छ। सरकारी सम्पत्तिसहित जनताको स्वामित्वमा रहेको सम्पत्तिको क्षति ४० अर्बको हाराहारीमा भएको निष्कर्ष सरकारले निकालेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अविरल वर्षाका कारण मानवीय क्षति व्यापक मात्रामा भएकोले उद्धार तथा सुरक्षित बासस्थानका लागि सुरक्षाकर्मी परिचालन हुुनु परेकोले भौतिक क्षतिको सबै विवरण भने आउन बाँकी रहेको जानकारी दिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते