बिर्तामोड-१० मा किरात याक्थुङ्ग चुम्लुङ्गको समुहगत देउसी भैलो

 


२० कात्तिक,बिर्तामोड
 बिर्तामोड-१० मा किरात याक्थुङ्ग चुम्लुङ्गको आयोजनामा यस बर्षको दिपावलीमा भब्य रुपमा देउसी भैलो सहित नृत्य कार्यक्रम गरिएको छ। वडा भरिका किरात याक्थुङ्गका सदस्यहरुको सहभागितामा कार्यक्रम गरिएको जनाईएको हो। कार्यक्रम बिर्तामोड-१० का  बिभिन्न स्थानहरुमा गरिएको हो भने सोही स्थानमा सामूहिक रुपमा दक्षिणा समेत संकलन गरिएको जनाईएको छ। 


याक्थुङ्ग चुम्लुङ्गका बिर्तामोड-१० अध्यक्ष रन्जित जबेगुको अग्रसरतामा कार्यक्रम गरिएको चुम्लुङ्गका बिर्तामोड-१० सचिब सन्तोष बेघाले जानकारी गराए। उक्त देउसी भैलो कार्यक्रममा सहभागी कलाकारहरुले लिम्बु जातिको च्याब्रुङ्ग नाँच सहित आफ्नो  साँस्कृति झल्कने गीतमा नृत्य सहित देउसी भैलो पर्दशन गरेको सचिव बेघाले बताए भने अध्यक्ष जबेगुले यथाशक्य सबै वडाबासीलाई सांस्कृतिक पर्वको जानकारी गराउने उद्देश्यले पत्राचार सहित अग्रिम जानकारी गराएर यस बर्षको देउसी भैलो (लारिन्गेक नाम्लिङ्गगेक) आयोजना गरिएको बताए।

आयोजकको तर्फबाट यस बर्षको मूल नारा नाँचौ र नचाँऔ आफ्नो संस्कृति बचाँऔ भन्ने रहेको हो भने यस कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकारहरुले साथ दिएको जनाईएको हो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति