आयो मकै उत्पादनको लागत कम गर्न शुन्य खनजोत प्रबिधि


५ पौष,झापा
 झापामा बाँझो खेतमा मकै रोपण परिक्षण शुरू गरिएको छ। यसरी खेती गर्दा जमिन जोत्नु नर्पने र जमिनमा चिस्यानको मात्रा कायम रहिरहने हुँदा जोताई र सिँचाई खर्च कम हुने भनाई रहेको हो। ट्याक्टरको सहायताले मकै रोप्ने मेशिनले जमिनमा मकैलाई रोपिन्छ ।

यसरी मकै रोप्दा मकै रोप्नु सात दिन अघि किटाणुको विषादी जमिनमा छर्कनु पर्ने प्राबिधिकले बताएका छन्।

यो तरिकाले रोपेको मकैको काण्ड र जरा दरो हुने भनाई रहेकोले हावा हुरीको असर केही मात्रामा थाम्न सक्ने भनाई रहेको हो भने प्रति पाँच कठ्ठा जमिनमा मकै रोप्न तीस मिनेट लाग्ने प्राबिधिकले बताएका हुन्।



Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन