बिर्तामोड-९ को जेष्ठ नागरिक भ्रमणमा यूवा,तालमेल नमिल्दा वडाबासीको गुनासो
![]() |
तस्बिर-संजाल |
२ चैत्र,बिर्तामोड
बिर्तामोड वडा न.९ को स्विकृत बजेट अनुसार प्रत्येक टोलबाट दुईजनाको दरले जेष्ठ सदस्यलाई दुई दिन तिर्थ घुमाउन लैजाने कार्यक्रम रहेको हो । तालमेल नमिल्दा बद्रीबाडी टोलबाट एकजना मात्र उक्त भ्रमणमा सामेल भएका छन् भने गौरी प्रसाद घिमिरेले आफ्नो टोल पूर्व धनबिरबाडी कामत टोलबाट एकै परिवारका दुईजना आफू र आफ्नो श्रीमतिलाई भ्रमणमा सामेल गराएको आरोप छ। बद्रीबाडी टोलबाट एकजना छनौट व्याक्ति भ्रमणमा सरिक नहुने भएपछि उक्त भ्रमणमा आफू सामेल हुन खोज्दा संयोजक घिमिरेले जेष्ठ सदस्यहरुको मात्र भ्रमण हो भन्दै उक्त टोल बिकाश संस्था बिर्तामोड-९ कि अध्यक्ष बिन्दा खरेललाई रोकेको खरेलले बताईन्। तर पछि भ्रमणमा युवाहरु समेत सामेल भएको देख्दा अच्चम लागेको गुनासो गरिन्।
जेष्ठ नागरिकको तिर्थस्थल भ्रमण भनिए पनि भ्रमणदलमा अधिकांश युवाहरुको संलग्नता देखिएको बिर्तामोड-९ बदीबाडी टोलका घनश्याम सुबेदीले जानकारी दिए। भ्रमणदलमा वडा अध्यक्ष हरिप्रसाद चौंलागाई,वडा सचिव सुवास बिक,वडा सदस्य सल्पना राजबंशी,प्रेम भण्डारी,कृष्ण चौंलागाई,बिष्णुमाया कोइराला आदी युवाहरुको संलग्नता रहेको हो।
फागुनको अन्तिम आइतबार बिर्तामोड -९ का चालिस जनाको टोली देवघाटधाम,सास्वतधाम र मकवानपुरको शहिद स्मारक भ्रमण सकेर फर्किएको र युवाहरु ब्यबस्थापन समिति र वडा प्रतिनिधि अन्तर्गत भ्रमण दलमा सामेल भएको,एकलाख खर्च अपूग भएकोले रु.एकहजारको दरले प्रतिब्यक्ति थप खर्च जोहो गरिएको र नामावली संकलन कार्य संयोजक घिमिरेलाई दिईएकोमा सो सम्बन्धि आफूलाई थाहा नभएको बिर्तामोड-९ का वडा सचिव सुबास बिकले जानकारी गराए ।
Comments
Post a Comment