बिर्तामोड-१० मा २४ गते देखि टोल स्तरिय फूटबल,बिजेताले एकतिस हजार पाउने
१० चैत्र,बिर्तामोड
वडा खेलकूद बिकास समिति बिर्तामोड-१० काअध्यक्ष सुरेन्द्र तुम्रोकको अध्यक्षता तथा बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ्गको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा खेल चैत्र २४ गते देखि ३१ गते सम्म श्री महेन्द्र ज्योति मा बि सैनिक बजारको खेल मैदानमा आयोजना हुने,प्रतियोगितामा बिर्तामोड-१० मा रहेको सत्ताईसवटा टोल बिकाश संस्थाबाट मर्ज गरेर जम्माआठवटा टिम निर्माण गरिने र आठवटा टिम बिच प्रतियोगिताको प्रतिष्पर्धा हुने,प्रतियोगिताको बिजेता टिमले रु.एकतिस हजार नगद, ट्रफ्री,मेडल र सम्मान पत्र त्यसैगरि उपबिजेता टिमले नगद एक्काईस हजार, ट्रफ्री, मेडल र सम्मानपत्र प्राप्त गर्ने, साथै प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले खेल अवधिको प्रत्येक दिन नगद एक हजार प्राप्त गर्ने,प्रतियोगिता अवधि भरकै उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ मिड फिल्डर,उत्कृष्ठ डिफेन्स र उत्कृष्ठ फरवार्डले नगद रु.दुईहजारको दरले प्राप्त गर्ने बिर्तामोड-१० खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकले जानकारी गराए। बिभिन्न टोल भित्र रहेका खेलाडीहरुको खेल क्षमताको बृद्धि तथा बिकाशको परिकल्पनाका साथ यो प्रतियोगिता संचालन गर्न लागिएको समेत उनले जानकारी बताए।
त्यसै गरि फूटबल प्रतियोगिताको फाइनलको दिन खुल्ला महिला म्याराथुन दौड प्रतियोगिता समेत आयोजना गरिने र उक्त प्रतियोगिताको प्रथम,दोश्रो,तेश्रो र चौथो बिजेताले क्रमशः छ हजार, चारहजार,पच्चीस सय र पन्ध्र सय साथै मेडल र सम्मान पत्र प्राप्त गर्ने, फूटबल खेल अवधिभर खेलाडीको स्वास्थ्य जोखिमको ख्याल राख्दै प्राथमिक उपचारको सम्पूर्ण ब्यबस्था गरिने, खेल अवधिभर प्रहरीसंगको समन्वयमा र सुरक्षा ब्यबस्थाको चुस्त ब्यबस्था मिलाईने, खेल सम्पन्न गर्न अनुमानित पाँच लाख साठी हजार रुपैया खर्च हुने र सो रकम बितीमोड-१० वडा कार्यलय र सहयोगी दाताहरुबाट श्रोत संकलन गरिने बिर्तामोड-१० वडा खेलकुद बिकाश समितिका सचिव नरेन तामाङ्गले जानकारी गराए।
टोल बिकाश संस्थाका अध्यक्षहरुले अनुशासनमा रहेर आफ्ना खेलाडीहरुलाई आवश्यक जर्सी, हाफपाइन्ट लगायतका सामाग्री उपलब्ध गराई खेल खेलाउन साथै अर्काको टोलको खेलाडी खेलाईएको पाईए कारबाही गरिने, बिबाद रहित खेल प्रतियोगिता संचालन गर्न आयोजकलाई निर्देशन दिनुका साथै वडाको तर्फबाट प्रतियोगिता सम्पन्न गर्न रु.चारलाख सहयोग गर्ने बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्गले बताए।
यस टोल स्तरिय फूटबल खेलको पत्रकार सम्मेलन गरेर प्रचार प्रसार तथा आम जनमानसमा जानकारी दिने प्रणाली बिकशित गरेकोमा साथै खेल सफलता पूर्वक सम्पन्न गर्न आयोजक वडा खेलकुद बिकास समिति बिर्तामोड-१० लाई र सैनिक भन्ने बित्तिकै फूटबलको हव बनोस् भन्ने कामना सहित बिर्तामोड-१० पूर्व जनप्रतिनिधि गिता पोखरेलले आयोजक समितिलाई धन्यबाद व्यक्त गरिन् भने बिर्तामोड-१० कै वडा सदस्य पृथ्वी बहादुर बस्नेतले २०२९ सालदेखि बिभिन्न कल्व मार्फत बिर्तामोड-१० मा फूटबलको इतिहास शुरू भै हाल त्यसको बिकाश गर्न वडाखेलकुद बिकाश समिति लागि परेको तथ्य औल्याउँदै वडा अध्यक्ष टोलस्तरिय फूटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरे। साथै सम्पूर्ण टोल बिकाशको तर्फबाट तोरीबारी कालीमूनी टोल बिकाश बिर्तामोड-१० का उद्धव घिमिरेले मन्तब्य राखेका हुन्।
वडा सदस्य धनमाया श्रेष्ठ, दिपिका शिवा,वडा सचिव विश्व कँडेल, वडा कार्यलयका कम्प्यूटर अपरेटर सोम शिवाकोटी, बिर्तामोड-१० मेलमिलाप समिति सदस्य प्रेम पौडेल,बिर्तामोड नगर खेलकुद बिकास समिति अध्यक्ष सन्तोष गुरुङ्ग,बिर्तामोड-१० का पूर्व प्रतिनिधि भक्त सिंह राजबंशी, अर्जुन सिटौला,सैनिक बजार टोल बिकाश संस्थाका अध्यक्ष कबिता घले गुरुङ्ग लगायत बिभिन्न टोल बिकाश संस्थाका अध्यक्ष प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको स्वागत वडाखेलकुद बिकाश समिति बिर्तामोड-१० का उपाध्यक्ष खड्ग गुरुङ्ग र संचालन सचिव नरेन तामाङ्गले गरेका हुन्।।
Comments
Post a Comment