विश्व हिन्दु महासंघ झापामा उप्रेती,उन्नतिस सदस्यीय समिति चयन

 


१८ चैत्र,झापा
विश्व हिन्दु महासंघ जिल्ला शाखा झापाको सातौं अधिबेशनबाट अध्यक्षमा पुनः मोहन उप्रेती  चयन भएका छन् । आज सम्पन्न सातौं जिल्ला अधिबेशनबाट आगामी तीन बर्षे कार्यकालको लागि अध्यक्षमा       उप्रेती चयन हुनुभएको निर्बाचन समिति संयोजक गोबिन्द कार्कीले जानकारी गराए। अध्यक्षमा उप्रेती सहित निर्बाचनबाट उन्नतिस्    सदस्यीय नव कार्यसमिति समेत चयन गरिएको हो।

 शाखाको बरिष्ठ  उपाध्यक्ष लक्ष्मी प्रसाद ओली, उपाध्यक्ष गायत्री प्रसाद काफले, डिल्लीराम उप्रेती, कृष्ण प्रसाद चूडाल , सचिव गणेश बहादुर कार्की, सहसचिव त्रिलोचन आर्चाय, कोषाध्यक्ष कृष्ण उप्रेती,  सदस्यहरुमा  राधिका संग्रौला, देबी प्रसाद दाहाल, पशुपति आर्चाय, पुण्य प्रसाद प्रसाई, राज कुमार प्रसाई, तारा प्रसाद बराल, टिका माया शिवाकोटी, गंगा प्रसाद उप्रेती, अग्नी प्रसाद तिम्सिना , निर्मला ओली, धनमाया उप्रेती, रमा रिमाल, उदयप्रसाद राजबंशी, नन्द लाल राजबंशी, नारद मणि काफ्ले, धनमाया उप्रेती, गंगा प्रसाद उप्रेती, पुण्य प्रसाद उप्रेती, झुमा कार्की, डिल्ली प्रसाद उप्रेती र बम बहादुर कार्की सर्बसम्मत चयन भएका हुन्। त्यसै गरि सल्लाहाकार संयोजकमा गोबिन्द कार्की, सदस्य गोमा सिटौला, भरतमणि उप्रेती, माधव प्रसाद भट्टराई र सरिता ओली चयन भएका हुन्।

विश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षता, संघको कोशी प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष आनन्द संतोषी राईको प्रमुख आतिथ्यता र कोशी प्रदे खानेपानी तथा उर्जा मन्त्री एकराज कार्कीको विशिष्ठ आथित्यतामा प्रमुख अतिथि राईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा संघलाई ब्यास घर निर्माण साथै बाईस फूट अग्लो त्रिशुल सहयोग गर्ने बिर्तामोड-३ निबासी दिपक राजबंशीलाई कदर पत्र र दोसल्ला ओढाएर प्रमुख अतिथि, बिशिष्ट अतिथिले सम्मान गरिनुका साथै संघले प्रकाशित गरेको एक सय चवालिस पृष्ठको स्मारिका बिमोचन गरिएको हो।

संघका कोशी प्रदेश अध्यक्ष शिव प्रसाद आर्चाय, आजिवन सदस्य डा. सन्ध्या बस्नेत प्रमुख अतिथि, बिशिष्ठ अतिथि लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद उप्रेतीले खर्च कटाएर ०७७ देखि हाल सम्मको आय ब्यय प्रश्तुत गर्दै रु.एकाउन्न हजार मौज्दात रहेको र अक्षय कोषमा बारह लाख रुपैया मौज्दात रहेको बिवरण प्रश्तुत गरे। संघका उपाध्यक्ष डिल्ली प्रसाद उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव गणेश कार्कीले गरेका हुन्।



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते