सरुवा भएका एसपी केसी र डिएसपी बिष्टको बिर्ताबजारमा भव्य बिदाई

१६ बैशाख, झापा प्रहरी चौकी व्यवस्थापन समिति अनारमनी-३ बिर्ताबजारको आयोजनामा झापा जिल्ला प्रहरी प्रमुख एसपी मिलन केसी र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी प्रकाश बिष्टलाई बिर्ताबजारमा आयोजित विशेष कार्यक्रममार्फत बिदाई गरिएको छ। सरुवाका क्रममा झापाबाट अन्यत्रै जान लागेका दुबै प्रहरी अधिकृतलाई विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा, विभिन्न संघसंस्था, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्मानसहित विदाइ गरिएको हो। कार्यक्रम प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष बिरन कुमार कोइरालाको अध्यक्षता तथा बिर्तामोड वडा नं. ३ का वडा अध्यक्ष मदन कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष एवं मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ, नेकपा बिर्तामोड नगर अध्यक्ष भोजराज सिटौला, केन्द्रिय तरुण दल सदस्य सजेश शिवाकोटी, साना शहरी खानेपानी अध्यक्ष मेघराज बाँस्तोला, नेकपा माओवादी केन्द्रका इन्चार्ज अरुण श्रेष्ठ, नगर अध्यक्ष मोहन सुब्बा, नगर सचिव जगन्नाथ भट्टराई, वडा अध्यक्ष तुलसी ढकाल, राप्रपा अध्यक्ष ...