बिर्तामोड-१० मनकामना काली मन्दिरको कार्यक्रमको हिसाव सार्बजानिक
झापा, वैशाख ७
बिर्तामोड–१० विराटपोखरस्थित मनकामना काली मन्दिरमा चैत्र २८ गते सम्पन्न विश्व शान्ति तथा अन्तरिक्ष सफाइ अभियानका सन्देशसमेत बोकेको भव्य धार्मिक कार्यक्रमपश्चात् आयोजक समितिले खुला रूपमा आर्थिक विवरण सार्वजनिक गर्दै पारदर्शिता सुनिश्चित गरेको छ।
श्री मनकामना काली मन्दिर तथा सत्संग भवन समितिको आयोजनामा बृहत होम होमादी, संध्याकालीन शिव आरती र बारह घण्टे अखण्ड कीर्तन सम्पन्न भएका थिए। कार्यक्रममा दर्जनौं साधुसन्त, भजन मण्डली तथा हजारौं श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समितिका अध्यक्ष ध्रुर्बप्रसाद शिवाकोटीका अनुसार, जम्मा रु २ लाख २३ हजार ९ सय ७३ संकलन भएकोमा रु १ लाख ७४ हजार ४ सय पचहत्तर खर्च गरिएको र बाँकी रु ४९ हजार ४ सय ९८ मन्दिर सुधार र व्यवस्थापनका लागि छुट्याइएको हो।
हरहिसाब फछ्यौट कार्यक्रममा उपाध्यक्ष युवराज पराजुली, सचिव मिलन आले, सहसचिव रामप्रसाद खनाल, कोषाध्यक्ष सुनिता निरौला, निर्माण संयोजक टेकेन्द्र थापा, सदस्य नविन सेढाई, कीर्तन संयोजक डिल्लीराम पाठक लगायत समितिका पदाधिकारीहरूको उपस्थिति थियो।
समितिले आगामी वर्षमा कार्यक्रमलाई अझ व्यवस्थित र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ।
Comments
Post a Comment