उज्यालो अभियान अन्तर्गत बिराटपोखरीमा सडक बत्ति जडान


1

१३ बैशाख,झापा

"उज्यालो बिराटपोखरी" अभियान अन्तर्गत बिर्तामोड–३ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल बिराटपोखरीमा सडक बत्ति साथै पार्किङ्ग क्षेत्रमा बत्ति जडान कार्य सम्पन्न भएको छ। यसअघि नै पोखरीको भित्री भाग र त्यहाँ अवस्थित शिवालय मन्दिर क्षेत्रमा रात्रीकालीन उज्यालो सुनिश्चित गर्न बत्ति जडान गरिएको हो।

शनिबार पोखरीको पूर्वपट्टि पर्ने सडक खण्डमा र उत्तर गेटतर्फ पर्ने पार्किङ्ग क्षेत्रमा समेत गरि जम्मा नौवटा नयाँ सडक बत्ति र पार्किङ्ग क्षेत्रमा बत्ति जडान गरिएको छ। रातको समयमा पूर्वतर्फबाट आवतजावत गर्ने यात्रुहरूले अन्धकारका कारण समस्यामा पर्ने गरेको गुनासोलाई मध्यनजर गर्दै सो समस्या समाधानका लागि उक्त बत्तिहरु जडान गरिएको बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिले जानकारी दिएको छ।

समितिका सचिव जगनाथ भट्टराईका अनुसार करिब ५० हजार रुपैयाँ लागतमा तार र बत्तिको खर्च साथै मासिक बिल भुक्तानी आफ्नै मिटरबाट ब्यहोर्ने गरी उत्तरपट्टिको अंधुवा खोलाको पुलदेखि पोखरीको तल्लो भागसम्म र पार्किङ्ग क्षेत्रमा सो बत्ति जडान गरिएको बताए। उनका अनुसार केही समयअघि परीक्षणका लागि केही बत्ति बालिएको भए पनि अबदेखि भने नियमित रूपमा रात्रीकालीन समयमा सबै बत्ति बल्ने जनाए।

भविष्यमा आवश्यकतानुसार बिराटपोखरीमा थप सडक बत्ति लगायत अन्य बत्ति जडान गरिँदै जाने योजना रहेको समितिका पदाधिकारीहरूले जानकारी गराएका छन्। उज्यालो अभियानले बिराटपोखरी क्षेत्रको सुरक्षामा वृद्धि गर्नुका साथै पर्यटकहरूलाई समेत सहज वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते