आदिबासी जनजाति पत्रकार झापाका सदस्य यज्ञराजलाई पितृ शोक

 


२७ चैत्र,बिर्तामोड

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापाका सदस्य एबं ओरेन्ज समाचारका समाचारदाता यज्ञराज श्रेष्ठलाई पितृ शोक परेको छ। श्रेष्ठका बुबा पूर्ण बहादुर श्रेष्ठको आज बिहान आठ बजे निधन भएको हो।

१०२ बर्षिय पूर्ण बहादुर श्रेष्ठ केही दिन अघिदेखि अस्वथ्य हुनुभएकोमा आज बिहान निधन भएको जनाईएको हो।

पूर्ण बहादुर श्रेष्ठ छोरा यज्ञराज श्रेष्ठसंगै बिर्तामोड-९ कन्चन टोलमा बस्दै आएका हुन् । उनका दुई छोरा र सात छोरी रहेका हुन् भने श्रीमतिको यसअघि नै देहान्त भैसकेको छ ।

स्व.पूर्ण बहादुरको पार्थिव शरिरलाई आजै पवित्र कन्काई माईधाममा अन्त्येष्ठी गरिने परिवारिक श्रोतले जनाएको हो।

 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन