बिर्तामोड -१० बिराटपोखरमा नबिन कुमार गट्टानीलाई सम्मान

 


२९ चैत्र,बिर्तामोड
बिर्तामोड-१० बिराटपोखरमा जलेश्वराधाम अर्जुनधाराका अध्यक्ष नबिन कुमार गट्टानीलाई सम्मान गरिएको छ। मनकामना काली मन्दिर तथा कृतन मण्डलीले अध्यक्ष गट्टानीलाई सम्मान गरेको हो।

मनकामना काली मन्दिरले आयोजना गरेको दिर्घायु शान्तिको लागि होम होमादीद्वारा अन्तरिक्ष सफाई अभियान,गंगा आरती र १२ घण्टे अखण्ड कृतनको अवसर पारेर मन्दिर समितिअध्यक्ष धुर्ब प्रसाद शिवाकोटी र बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्गले गट्टानीले समाजमा धार्मिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको जनाए।

मन्दिर समिति अध्यक्ष घुर्ब प्रसाद शिवाकोटीको अध्यक्षतामा बिशिष्ट अतिथि दुर्योधन गुरुङ्गको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सुनिता निरौला बाँस्कोटाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मिलन आलेले गरेका हुन्।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन