अन्तरिक्ष सफाईको अभियान बिराटपोखरबाट अठ्ठाइस गते शुरू गरिने
२४ चैत्र,बिर्तामोड
आयोजकका तर्फबाट सचिव मिलन आलेले बिराटपोखरमा गरिने यज्ञलाई तीन चरणमा बिभाजन गरिएको बताए। पहिलो चरणमा २८ गते बिहानी सत्रमा पूजापाठ,यज्ञ अनुष्ठान होम होमादी, सन्ध्याकालिन समयमा गंगा आरती र तत्पश्चात १२ घण्टे अखण्ड किर्तन को आयोजना गरिने आलेले बताए ।
अध्यक्ष शिवाकोटीले अनुमानित कार्यक्रमको खर्च रु.तीनलाख हुने, मन्दिरको कोषमा सत्तरी हजार रहेको साथै अन्य खर्च दाताहरुबाट संकलन गरिने, प्रमुख अतिथिको रुपमा अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नबिन गट्टानी आमन्त्रित हुनुहुने, करिव पच्चिस सयदेख तीनहजार भक्तजनको उपस्थित गराईने, उपस्थितलाई प्रसादको ब्यबस्था गरिने, स्थानिय र बोलाईएको कृतन मण्डलीबाट अखण्ड किर्तन सम्पन्न गरिने, गंगा आरतीको लागि छुट्टै आरती टोली सहभागी गराईने, सहभागी प्रमूख अतिथि र कृतन मण्डलीहरुलाई सम्मान पत्रले सम्मान गरिने, कार्यक्रम स्थलमा टेन्टपालको ब्यबस्था गरिने, कार्यक्रममा विश्व शान्तिको कामना गरिने कार्यक्रम सफल पार्न बिभिन्न समिति, उपसमितिहरु निर्माण गरिएको, पर्चा पम्पलेट निमन्त्रणा पत्रद्वारा र माईकिङ्ग गरि निमन्त्रणा र प्रचारप्रसार गरिएको साथै आगन्तुक भक्तजनलाई होम होमादीको सामाग्री लिएर उक्त दिन उपस्थित भै दिन हुन आग्रह समेत गरे। साथै संचारकर्मीले सोधेको जिज्ञाशाको उत्तर दिए।
मन्दिर समितिका अध्यक्ष धुर्बप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही मन्दिरका जग्गा दाता डिल्लीराम पाठक,समितिका उपाध्यक्ष युवराज पराजुली, कोषाध्यक्ष सुनिता निरौला बाँस्कोटा सहसचिव राम खनाल, सदस्य रघुनाथ पाठक, नबिन सेढाँई लगायतको उपस्थिती रहेको हो। तीन पटक उँकार ध्वनीले स्वागत गरिएको कार्यक्रमको संचालन आयोजक समितिका सचिव मिलन आलेले गरेका हुन्।
Comments
Post a Comment