बिराटपोखर टोल विकास संस्थाको अध्यक्षमा खगेन्द्र संग्रौला सर्बसम्मत
२० बैशाख,झापा
निर्वाचन मण्डलका संयोजक केशव प्रसाईले अन्य पदाधिकारीको घोषणा गर्दै उपाध्यक्षमा अर्जुन उप्रेती, सचिवमा दिपेश प्रसाई, सह-सचिवमा लुखी राम सोरेन, कोषाध्यक्षमा संगिता थापा तथा सदस्यहरूमा सोमनाथ अधिकारी, साबित्रा राजबंशी, श्रृजना खतिवडा र फूलचन मर्डी सर्वसम्मत रूपमा चयन भएको जानकारी दिए। मण्डलमा महेन्द्र शिवाकोटी र कुमार बुढाथोकी पनि सदस्य थिए।
अधिवेशनअगाडि अध्यक्ष मन प्रसाद उप्रेतीको अध्यक्षता र बिर्तामोड -३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव पर्शुराम कडरियाले प्रस्तुत गरेका थिए।
प्रगति प्रतिवेदन अनुसार टोलका विभिन्न स्थानमा ६ वटा ३० वाट क्षमताका सडक बत्तिहरू जडान गरी रात्रिकालिन आवत जावत सहज गरि सुरक्षा सुनिश्चित गरिएको, सडक मर्मत तथा स्तरोन्नति, ड्रेनेज सुधार, भौतिक संरचना निर्माण र विभिन्न गोष्ठी सेमिनारमा सहभागिता जनाइएको उल्लेख गरिएको हो। आगामी योजनामा थप सडक बत्ती विस्तार, सडक कालोपत्रे वा पेभर ब्लक ओच्छ्याउने, अधुरा पूर्वाधार सम्पन्न गर्ने, र स्थानीय तथा दातृ निकायसँग समन्वयलाई सशक्त बनाउने योजना रहेको बताए भने कोषमा खर्च भएर जगेडा पूँजी बापत रु.अठार हजार सातसय पचपन्न रहेको समेत बताए ।
प्रमुख अतिथि बुढाथोकीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमका बुढाथोकीले टोलको सडक विकासमा चाँडै पेर्भस ओच्छ्याउने प्रतिबद्धता जनाउँदै बिर्तामोड-३ का अन्य टोलहरूमा पनि समानुपातिक बजेट बिनियोजनमार्फत विकास कार्य अगाडि बढाइएको बताए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय नेतृत्वको उपस्थिति साथ बिर्तामोड-३ वडा सदस्य हरि बाँस्कोटा, बिराटपोखरी बहुउद्देश्येय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाई, विश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेती, संस्थाका पूर्व अध्यक्ष सन्तोष उप्रेतीले शुभकामना मन्तब्य राखेको कार्यक्रममा बिर्तामोड-३ वडा सचिव भिम अधिकारी, एमाले बिर्तामोड-३ अध्यक्ष कोशिष घिमिरे, बिराट सरोबर बिकाश समितिका सचिव जगनाथ भट्टराई, पूर्व पार्चाय देबेन्द्र गौतम, देबी प्रसाद गौतम लगायतको उपस्थिति रहेको हो ।
उद्घाटन सत्रको स्वागत मन्तव्य उपाध्यक्ष खगेन्द्र संग्रौलाले दिएका थिए भने सञ्चालन सचिव परशुराम कडरियाले गरेका हुन्।
Comments
Post a Comment