पुजारीलाई नयाँ साईकल सहयोग




२६ बैशाख,झापा

बिर्तामोड–१० स्थित विराटपोखरको मनकामना काली मन्दिरका पूजारी जनकलाल खतिवडालाई गोयल परिवारको तर्फबाट नयाँ रेन्जर  साइकल सहयोग प्रदान गरिएको छ। पूजारीको दैनिक आवत जावतलाई सहज बनाउन प्रेम ट्रेडर्सका सञ्चालक विजय गोयलले उक्त सहयोग गरेका हुन्।

मन्दिर समितिका अध्यक्ष ध्रुर्ब प्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न साईकल हस्तान्तरण कार्यक्रममा गोयल परिवार बिर्तामोडका प्रतिनिधि विजय गोयल प्रमुख अतिथि थिए। कार्यक्रममा समितिका सहसचिव राम खनाल, सदस्यहरू रघुनाथ पाठक, तेजु अधिकारी, राधिका संग्रौला, कृष्ण उप्रेती,निरज पाठक र रोशन खनालको उपस्थिति थियो। सहयोगी गोयललाई मन्दिर समितिको तर्फबाट माला र टिका सहित सम्मान गरिएको हो।

अध्यक्ष शिवाकोटीले सहयोगप्रति आभार व्यक्त गर्दै, "अरुको परोपकार गर्नु नै सच्चो धर्म हो भने, अरुलाई दुःख दिनु ठूलो पाप हो," भन्दै सहयोगप्रति प्रशंसा व्यक्त गरे। करिब १० हजार रुपैयाँ बराबरको साइकल सहयोग ठूलो योगदान भएको उनले उल्लेख गरे।

सहसचिव राम खनालले पूजारी खतिवडाले मन्दिर स्थापना कालदेखि नै नित्य पूजामा समर्पित रहँदै आएको र हाल पुरानो साईकल बिग्रिएको कारण नयाँ साईकल आवश्यक परेको जानकारी दिए। यस कार्यमा समन्वयको भूमिका खेलेका तेजु अधिकारीलाई समेत धन्यवाद ज्ञापन गरियो।

सहयोगकर्ता विजय गोयलले स्वर्गीय पिता मालचन्द्र गोयल, माता प्रेमा देवी गोयल तथा सम्पूर्ण पितृहरूको मोक्षको कामना गर्दै सहयोग गरिएको जनाए। उनले भविष्यमा पनि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाउँदै तत्काल मन्दिरका लागि एक ट्र्याक्टर इँटा सहयोग गर्ने घोषणा गरे। सो अवसरमा गोयलले श्रद्धा सहित उक्त मन्दिरमा पूजा अर्चना समेत गरेका हुन्।

साईकल प्राप्त गरेपछि पूजारी खतिवडाले खुशी व्यक्त गर्दै अब मन्दिरमा दैनिक सेवा सहज हुने बताए। कार्यक्रमको स्वागत तथा सम्मान अध्यक्ष शिवाकोटीले गरेका थिए भने सञ्चालन सचिव मिलन आलेले गरेका हुन्।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते