तीन युवाको सक्रिय अनुगमनमा बद्रीबारी कजवे सम्पन्न,यातायात सुचारू

 


५ जेठ,बिर्तामोड
बर्षौँदेखि आवतजावतमा समस्या भइरहेको बिर्तामोड-१० स्थित बिराटपोखर मनकामना चोकदेखि कोलाटोली जोड्ने सडकखण्डमा पर्ने बद्रीबारी टोलको कजवे अन्ततः निर्माण सम्पन्न भएको छ। अब यस बाटो हुँदै सवारी आवागमन सहज भएको छ।


यो काम बिर्तामोड नगरपालिकाको चार लाख रुपैयाँको प्रत्यक्ष आर्थिक सहयोगमा सम्पन्न भएको हो। कजवे निर्माणको समग्र अनुगमन कृष्ण प्रसाद उप्रेती, बालकृष्ण आले, निरज पाठक र बिन्दा माया खरेलले गरेका थिए। उनीहरुले प्राविधिक पक्षदेखि अन्य सबै कार्यको नजिकबाट निरीक्षण गर्दै कामलाई गुणस्तरीय रूपमा सम्पन्न गराएका हुन्।

तीनै जना अनुगमनकर्ताहरूका अनुसार वर्षौँदेखि स्थानिय बासिन्दा आवतजावतमा सास्ती भोगिरहेका थिए। यस समस्याको स्थायी समाधानका लागि आफ्नै टोलका व्यक्तिहरू सक्रिय भएर अघि बढ्नु आवश्यक थियो। पहिलेका निर्माण समितिमा टाढा टाढाका व्यक्तिहरू संलग्न हुँदा जनताको समस्या बुझ्न नसकिएको र विकासको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूले जनाए।

समितिमा आफ्ना मान्छे वा नातेदार राखेर हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न पनि उनीहरूले प्रत्यक्ष निगरानी गरेको बताएका छन्। बाँकी रहेको केही कार्य सम्पन्न गर्न नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलालाई अनुगमनमा समावेश गरी थप बजेट सुनिश्चित गरिएको छ। अब सम्पूर्ण निर्माण कार्य चाँडै सम्पन्न हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते