नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड अध्यक्षमा दिपेन्द्र 'चौधरी

 


बिर्तामोड,४ असोज 
 नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि दिपेन्द्र चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

नव निर्वाचित पदाधिकारीमा उपाध्यक्ष सुबास तामाङ, रत्ना राजबंशी र देबी माया श्रेष्ठ, सचिव लिला गुरुङ, सहसचिव राज मुखिया र प्रभास थापा मगर, कोषाध्यक्षमा चुडाकर्ण बेघा रहेका छन्। यस्तै सदस्यहरूमा श्याम मुर्मु, धनन्जय गणेश र बिवश शेर्पा चयन भएका छन्।

पाँच सदस्यीय निर्वाचन मण्डलका संयोजक कृष्ण थेवे र सदस्यहरू बिरेन मेचे, प्रेमसिंह घिसिङ, सुनिता तामाङ्ग र लक्ष्मण श्रेष्ठले परिणाम सार्वजनिक गरेका थिए। निर्वाचन मण्डलका अनुसार एक सहसचिव (महिला) र अन्य चार महिला सदस्य थप मनोनित गरी समितिलाई पूर्णता दिने जानकारी गराइएको छ।

यसअघि अधिवेशनको उद्घाटन सत्र राजकुमार राजबंशीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि नेफिन प्रदेश नं.१ का सचिव तिलक राई, नेफिन झापाका संस्थापक कृष्ण उदास, नेफिनका पूर्व अध्यक्ष प्रेम घिसिङ, जिल्ला सचिव सल्लाहाकार कृष्ण थेवे, पूर्व अध्यक्ष पदम बहादुर तामाङ, श्री मेचे समाजका बिरेन मेचे, सल्लाहाकार रिमानध्वज लिम्बु, सुनुवार सेवा समाजका अध्यक्ष दिल कुमार मुखिया, सन्थाल सेवा समाजका अध्यक्ष श्याम मुर्मु, नेवा देय दबु निर्वतमान अध्यक्ष टेकबहादुर श्रेष्ठ, नेपाल मगर संघका कर्ण बहादुर मगर, कविता मगरलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा सभापति राजकुमार राजबंशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गणेश तामाङले ७५ हजार ३८५ रुपैयाँ बचत रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि राईले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए। कार्यक्रममा प्रेम घिसिङ, टेकबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उद्घाटन कार्यक्रमको सञ्चालन सचिव सन्तोष बेघाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जीवन श्रेष्ठले गरेका थिए। उपाध्यक्ष दिपेन्द्र चौधरीले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।

समापनमा नव निर्वाचित अध्यक्षको हैसियतमा दिपेन्द्र चौधरीले सबै पदाधिकारीको साथ र सहयोगबाट नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडलाई थप सुदृढ र नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला