शव फेला

 


११ वैशाख झापा ०७९

  यासोक— जिल्ला प्रहरी कार्यलय पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ट मृत अबस्थामा फेला परेका छन् l

 कुम्मायक गाउँपालिका वडा न. १ स्थित ओर्दिनमा आज उनि मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भएको छ । उनको शव ओर्दिनमा फेला परेको हो ।

त्रिशाली मेलामा थप सुरक्षाका लागि प्रहरी सहायक हवल्दार श्रेष्ठ यासोक आएका थिए । उनी यासोक आए पछी बैशाख ३ गते बेलुका देखि हराएका थिए । श्रोतलाई उद्धत गर्दै उनका आफन्त बिर्तामोड ९ का यज्ञ राज श्रेष्टले समेत जानकारी गराएका छन्।

खोज तलास गर्दै गर्दा उनले बोकेको मोबाइल फेला परे पछि उनी ओर्दिनमा मृत अबस्थामा भेटिएका हुन् । मृत अबस्थामा भेटिएका प्रहरीको बिषयमा अनुसन्धान भई रहेको प्रहरी कार्यलयले जनाएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते