नेकपा मालेले शुरु गर्यो प्रारम्भिक चुनाबी प्रचार प्रसार

बिर्तामोड १६ बैशाख

 र्नेकपा मालेले झापा जिल्लामा उम्मेद्वार मनोनयन प्रकृया संगसंगै स्थानिय निर्बाचन बैशाख ३० को लागि प्रारम्भिक चुनावी प्रसार शुरु गरेको छ। शुक्रबार मनोनयन फिर्त लिने अन्तिम दिन पार्टीका बिर्तामोड नगर इन्चार्ज प्रकाश चन्द्र बरालले जानकारी गराए ।


उहाँको अनुसार झापा जिल्लामा पाँच जना सुयोग्य ब्याक्तिलाई स्थानिय निर्बाचनमा सामेल गराईएको छ। साथै पार्टीले बिशेष ब्याक्तिलाई चुनेर काम गरेको छ । बरालले बताए मेची नगर मेयरमा भरोसा दास पौडेल, हल्दीबारी गाँउपालिका उपाध्यक्षमा गंगा सागर शिवाकोटी मेची नगर १० न वडा सदस्य अशोक खडरिया, बिर्तामोड ९ वडा सदस्य सहदेब थपलिया र बिर्तमोड वडा न.४ को वडा अध्यक्ष पदको लागि सुमित्रा श्रेप्ष्टलाई उम्मेद्वार चयन गरेको छ।

त्यस मध्ये पौडेल मेचीनगर नेकपा माले नगर सचिब, गंगा सागर शिवाकोटी झापा जिल्ला सचिब र अन्य पार्टीका जिम्मेवार सदस्य हुन् । पार्टीले झापा जिल्लामा एकल रणनितिमा चुनाब लड्ने योजना साथ आज अन्तिम रुप दिएको हो । कसैले नाम फिर्ता नलिने आजै निर्णय गरेको छ ।

 

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला