उन्नत लोकतन्त्रबाट बिर्तामोडमा १ जना उम्मेद्वार
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि बर्तामोड नगरपालिकाको लागि वडा न १० वडा अध्यक्ष पदमा उन्नत लोकतन्त्र पार्टीबाट कृष्ण उप्रेतीले नामांकन सूची दर्ता गराएका छन् । सिंङ्गो नगर भरिमा उनी १जना मात्र पार्टीको तर्फ बाट उम्मेद्धारी दर्ता गराउने उम्मेद्वार भएको उनले जानकारी गराए ।
। उनले बैशाख १२ गते निर्बाचन आयोग कार्यलय बसेको विर्तामोड नगरपालिकामा नाम दर्ता गरएका हुन् । उम्मेद्वारी दर्ता गराए संगै चुनावी प्रसार साथै ब्यात्तिगत भेटघाट मा ब्यस्त रहेको उनी बताउछन्।
Comments
Post a Comment