ओरेन्ज न्यूज एक्साभेटर को प्रथम भेला सम्पन्न



बिर्तामोड .होटल राम कटेज बोलबम मण्डी रोडमा ओरेन्ज न्यूज एक्साभेटरको प्रथम भेला सम्पन्न भएको छ । ११ गते आईतबार कलाकार जिमि हाङ्ग राई को संयोजनमा भेला गरिएको हो।

वैठकले ११ सदस्य रहेको तर्दथ समिति समेत गठन गरेको छ । समितिमा अध्यक्ष कलाकार जिमि हाङ्ग राई . उपाध्यक्ष प्रकाश चन्द्र बराल . सचिब यज्ञ राज श्रेष्ट . कोषाध्यक्ष चन्द्र राई . सदस्यहरुमा लिल कुमार निरौला . दिपक संग्रौला . रत्न ब .बस्नेत . सर्जु "संसार" . राम याक्वा र युवराज पराजुलीलाई चयन गरेको छ। भेलाले ओरेन्ज न्यूज एक्साभेटरलाई पूर्णता दिने कार्य थाल्ने निर्णय गरेको समिति सचिब यज्ञ राज श्रेष्टले जानकारी गराए। समितिमा प्राबिधिक तर्फ मिन राजवशी र कानुनी सल्लाहाकार अधिवक्ता गुरुभक्त निरौलालाई चयन गरिएको समितिका अध्यक्ष जिमि हाङ्ग राईले बताए।

 बैठक २ बजे शुरु भएर ५ बजे सम्पन्न भएको थियो भने संचालन सर्जु "संसार" ले गरेका थिए। एक्साभेटर संचार र मनोरन्जन संग आबद्ध संस्था भनि कार्यक्रममा जानकारी गराईएको थियो।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन