ओरेन्ज न्यूज एक्साभेटर को प्रथम भेला सम्पन्न
बिर्तामोड .होटल राम कटेज बोलबम मण्डी रोडमा ओरेन्ज न्यूज एक्साभेटरको प्रथम भेला सम्पन्न भएको छ । ११ गते आईतबार कलाकार जिमि हाङ्ग राई को संयोजनमा भेला गरिएको हो।
वैठकले ११ सदस्य रहेको तर्दथ समिति समेत गठन गरेको छ । समितिमा अध्यक्ष कलाकार जिमि हाङ्ग राई . उपाध्यक्ष प्रकाश चन्द्र बराल . सचिब यज्ञ राज श्रेष्ट . कोषाध्यक्ष चन्द्र राई . सदस्यहरुमा लिल कुमार निरौला . दिपक संग्रौला . रत्न ब .बस्नेत . सर्जु "संसार" . राम याक्वा र युवराज पराजुलीलाई चयन गरेको छ। भेलाले ओरेन्ज न्यूज एक्साभेटरलाई पूर्णता दिने कार्य थाल्ने निर्णय गरेको समिति सचिब यज्ञ राज श्रेष्टले जानकारी गराए। समितिमा प्राबिधिक तर्फ मिन राजवशी र कानुनी सल्लाहाकार अधिवक्ता गुरुभक्त निरौलालाई चयन गरिएको समितिका अध्यक्ष जिमि हाङ्ग राईले बताए।
बैठक २ बजे शुरु भएर ५ बजे सम्पन्न भएको थियो भने संचालन सर्जु "संसार" ले गरेका थिए। एक्साभेटर संचार र मनोरन्जन संग आबद्ध संस्था भनि कार्यक्रममा जानकारी गराईएको थियो।
Comments
Post a Comment