कृषिका कर्मठ लक्ष्मी प्रसादको अनुभवको कथा
झट्ट हेर्दा सरल भलादमी बिर्तामोड ५ शनिश्चरे रोड निबासी लक्ष्मी प्रसाद भट्टराई उमेरले निकै बसन्त पार गरेका ब्याक्ति हुन् । जीवनको लामो अनुभव उहॉ सँग छ । यो उमेर सम्म आई पुग्दा देश,काल परिस्थिती निकै बदलियो तर लक्ष्मीका जोश जाँगर बदलिएको छैन । उनी अझै पनि सत्कर्ममा सकृय छन् । हेर्दा सरल देखिने लक्ष्मी प्रसाद ब्यबहार मा पनि त्यस्तै छन् । र कृषिका पनि कर्मठ ब्याक्ति हुन् ।
ताप्लेजुङ्ग, झापा जयपुर हुदै हाल बिर्तमोडमा बस्छन् । कृषि नै मूल पेशा भएको सुनाँउछन्। पहाड मधेस खेती को लामो कथा ईतिहास भएको छ । हाल बजार बसाईमा समेत त्यै खेती को तृष्णा मेटाउन घरको छतमा खेती गरे र उत्तरार्दको यो समय लाई महत्वका साथ सदुपयोग गरे । २०१८ सालमा ताप्लेजुङ्ग बाट झापा जयपुर बसाँई आएका हुन् ।२०६० सम्म खेती किसानी मै जयपुरमा रमाए । झापा आउँदा उनको उमेर १९ बर्षको थियो । २०६५ साल पछि बिर्तामोडको २ तले घरको छतमा सिमित खेतीमा तल्लिन भएका छन् । छत खेतीमा भिण्डी,बोडी, रायो साग लगायतका l फलाएर र उमारेर उपयोग गर्छन् । सिजन मा तरकारी को अभावलाई टारेको छ उनी भन्छन्। माटो,माल ( टोकरी,गमला) मल र मन भए घरको छतमा तरकारी फल्ने उनको भनाई छ । जीवन संगिनी कृष्ण माया, छोरा हरु अर्जुन र प्रल्हाद पाँच छोरीहरु र नाति नातिनी को साथ छ । जीवनमा आई पर्ने समस्या हरूसग डराउनु हुदैन उनी भन्छन् । हाल सगोल मा ४ जनाको परिवार मा बस्छन् । आफूले लगाएको छतको तरकारी खेतीले सामान्य अभाव टर्ने भन्छन्।
चौरासी पूजा र बृद्धाश्रमको खुलेर बिपक्षमा कुरा गर्छन् । यसले मानव जातिको आत्माबल घटाउने उनको तर्क छ। समाज सेवामा जयपुर स्थानिय बिद्यालयको २८ बर्ष संचालक सदस्य, गाँउ पंचायत सभासद २ कार्य काल,लेखापढी ब्यवसाय ४० बर्ष,जयपुर स्थानिय कृतन मण्डली लाई १० धुर जग्गा दान,तिर्थ ब्रत भारत नेपालको ठॉउ भ्रमण, जग्गा नाप जाँच सहयोगी, भट्टराई कुलवंश प्रतिष्ठान संस्थापक सह सचिव र हाल सल्लाहाकार संयोजक मा छन्। हाल उमेर ८० बर्ष छ । मेहनत र ईमान्दारी साथ बाँच्ने हो भने जीवन सधैं सुखी हुन्छ भन्छन् । यो उमेरमा पनि स्वस्थ्य र हट्टाकट्टा देखिन्छन् । छिमेकी राजीब श्रेष्टले समेत उनको मेहनत र निरोगिताको खुलेरै प्रशंसा गर्न भुलेनन्। स्वस्थ रहनु नै जीवनको सब भन्दा ठुलो कमाई हो राजीबले भने ।
Comments
Post a Comment