वितामोड -९ मतदाता शिक्षा कमी
बैशाख ३० झापा बिर्तामोड ९ शहिद लक्ष्मी प्रा. बि. टाँगाबारी मतदान स्थलमा आज बिहान ७ बजे स्थानिय ८८ बर्षिय जेष्ठ मतदाता चन्द्र ब. बस्नेत बाट पहिलो मतदान शुरु गरिएको त्यहां स्थित मतदान अधिकृत ज्ञान ब. रायमाझी ले जानकारी गराएका छन्।
यहाँ मतदाता शिक्षा केही कमी हो की भन्ने उनको बुझाई छ । अल्फाबेटको आधारमा मतदातालाई मतदान गर्ने ब्यवस्था गरिएको हो।

दिउसो ४ बजे सम्म करिब १८०० बढी मतदान भैसकेको उहाँको भनाई छ।

३ वटा बुथ , म्यादी प्रहरी ६ र नेपाल प्रहरी १० जना मतदान स्थल सुरक्षार्थ खटिएका त्यहॉ स्थित प्रसनि निरज कटुवालले बताएका छन्। मतदान शांती पूर्ण रहेको उनले जनाए । त्यहाँ करिब २४५० मतदाता रहेका छन्। बढी उमेर १०० बर्ष पुगेका स्थानिय जेष्ठ मतदाता पूर्ण ब. श्रेष्टले समेत यसै मतदान स्थलबाट आज मतदान गरेको जनाईएको छ। अहेव अम्बिका भण्डारीले बिर्तामोड नगरपालिका स्वास्थ शाखाबाट आफूलाई प्राथमिक उपचारको लागि खटाएको बताइन् ।
बर्तामोड ९ मा देवकोटा माबि र यहॉ गरेर २ ठाउँ मतदान स्थल कायम गरिएको थियो। (फोटो फिचर समेत)






Comments
Post a Comment