सैनिक बजारमा एनएमसी राहत
वान सम्वाददाता १ जेठ झापा
बितामोड । झापाको मेचीनगर-६ काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि सैनिक बजारको एक परिवारलाई नगद २५ हजार राहत सहयोग प्रदान गरेको छ।
एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवा केन्द्रकी शेयर सदस्य जरिमायाको निधन भएपछि सैनिक बजारस्थित स्व.राईको निवासमा पुगेर सहकारीले २५ हजार रुपैयाँ प्रदान गरेको हो।
सहकारीका कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,सदस्य टिकाप्रसाद दंगाल,एकाइ नं.१ का संयोजक कमल खतिवडा, एकाइ नं.२ का संयोजक रत्नबहादुर बस्नेत,सदस्य सीतादेवी राई,गणेश बोहोरा,कार्यालय प्रमुख सन्तोष ढुंगाना, कर्मचारी पवन मैनाली, लुवराज प्रसाईं,चन्द्रबहादुर राईलगायतको टोलीले समवेदना पत्र सहित उक्त राहत रकम हस्तान्तरण गरेको बजार प्रतिनिधि निशा लिम्बूले जानकारी दिइन्। संस्थामा ६ हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताइएको छ। प्रदेश-१ कै एटीएम सञ्चालन गर्ने पहिलो सहकारीको रुपमा समेत रहेको एनएमसीका एक लाख २५ हजारभन्दा बढी शेयर सदस्य रहेका छन् । कार्यालय प्रमुख ढुंगानाले सहजीकरण गरेको कार्यक्रममा शोकाकुल परिवारका तर्फबाट छोरा प्रकाश राईले दुःखमा साथ दिएको भन्दै सहकारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Comments
Post a Comment