स्थानिय निर्बाचनमा बिर्तामोड ९ एमालेको सेट बिजयी

 जेठ ४ झापा

बिर्तामोड नगरपालिका वडा न.९ को मत परिणाम घोषणा हुदॉ  वडा अध्यक्षमा एमालेका हरि प्रसाद चौलागांई सहित एमालेकै ४ सदस्य निर्वाचित भएका छन्।

हरि प्र. चौलागांई
पाँच जना वडा अध्यक्षका उमेद्वारहरु वडामा उम्मेद्वार थिए । ति मध्ये नेकपा माओबादी केन्द्रका मनप्रसाद लिम्बु, राप्रपाका कर्ण बहादुर कार्की, मंगोल नेशनल अर्गनाईजेशनका दिपेन राई स्वतन्त्रका जयराज ढकाल र भिष्म बहादुर कार्की लाई चौलागाईको मत परिणामले जितेको हो।
केशव बुढाथोकी
चन्द्र प्रसाद दंगाल
 सदस्य हरुमा एमालेका चन्द्र प्रसाद दंगाल र केशव बुढाथोकी, महिला सदस्य एमालकै सम्पना राजवशी र दलित महिला सदस्य संगिता सिवा निर्बाचित भएका छन् । जम्मा बिभिन्न पार्टीका १४ जना सदस्य मध्येबाट उनीहरू निर्बाचित भएका हुन्।
सम्पना राजवशी
संगिता सिवा
 यो संगै बिर्तामोड नगरमा ४ वटा १,२,१० र ९ वडाको मतपरिणाम घोषणा हुँदा १,२ र ९ मा एमाले प्यानल बिजयी भएको हो । १० मा भने राप्रपाका १ वडा सदस्य सहित अध्यक्ष र अन्य ३ सदस्यमा कांग्रेस बिजयी भएको छ। 
मत परिणाम हरि प्रसाद चौलागाई ९५८, सम्पन्ना राजबंशी ११०८, संगिता सिवा १०५५, केशव बुढाथोकी १०३८ र  चन्द्र प्रसाद दंगाल १०२८ प्राप्त गरेको आयोगले भर्खरै जनाएको छ । हरि प्रसाद चौलागांई यो भन्दा अघि अघिल्लो स्थानिय तह निर्बाचनमा एमालेबाट निर्बाचित वडा सदस्य हुन् । चौलागांई का निकट्तम प्रतिद्वन्दी माओबादी केन्द्रका मनप्रसाद लिम्बुले भने ८०१ मत प्राप्त गरेका छन् ।

मत परिणाम हरु


.



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते