बिराट आधारभूत विद्यालयमा पूनः तालाबन्दी
जेठ ५ झापा
बिराट आधारभूत बिद्यालयमा पूनः तालाबन्दी भएको छ । आज केही अभिभावक सदस्य र विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्यले बिर्तामोड १० बिराटपोखरी स्थित सो बिद्यालयमा बिहान ताला बन्दी गरेका हुन्।
![]() |
प्र अ बास्कोटा संचारकर्मीहरुसंग कुरागर्दै |
बिद्यालयको लेखा परिक्षण नभएको छात्रबृतिमा अनियमितता भएको नयाँ भवन निर्माणको रकम हिनामिना भएको खानेपानी फिल्टर स्कूलमा जडान नगरेको र बिद्यालयको भौतिक सम्पति प्रोजेक्टर आदी सुरक्षा नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अभिभावकका तर्फ बाट स्थानिय खेम चुडालले जानकारी गराए । नयाँ भवन निर्माण गर्दा फर्जी बिल भरपाई भेटिएको समेत बिद्यालय ब्यवस्थापन समितिका सदस्य पूनम प्रसाईले बताए । लेखा परिक्षण गर्न पटक पटक समितिले आग्रह गर्दा समेत प्र अ बर्दी बास्कोटाले नगराएको उनको भनाई छ । विद्यालयमा तीन बर्ष देखि लेखा परिक्षण नहुँदा तलब रोकिएको भनि करिब १ महिना अगाडी त्यहाँ कार्यरत शिक्षक र कर्मचारीहरुले समेत प्रअ कार्यकक्षमा तालाबन्दी गरेका थिए। आज त्यै कार्य कक्षमा दोश्रो पटक तालाबन्दी गरिएको हो। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बिमलीले प्रअ बास्कोटाकै ढिला सुस्तीले यो समस्या निम्तिएको बताए ।आफूले पटक पटक लेखा परिक्षण गर्न सल्लाह दिएको तर हुन नसकेको उनको भनाई छ ।
प्रअ बास्कोटले आफूले १ रुपैया पनि भ्रष्टाचार नगरेको र ताला खुला गरि आफूलाई सहज बातावरण बनाईदिए आगामी जेठ १५ गते भित्र हिसाब अद्यावधिक सकी १७ गते सम्ममा लेखा परिक्षण गरि सार्बजानिज गर्ने बताए।
ताला बन्दीले ८ कक्षा उतिर्ण गरि बिद्यालय छाडेर अर्को बिद्यालय जाने बिर्धाथीलाई समेत बाघा पुगेको भन्दै ८ कक्षा उतिर्ण बिर्धाथीहरुलाई प्रमाण पत्र दिन केही क्षण ताला खोलिएको थियो।
बिद्यालय ब्यबस्थापन समितिका सदस्य पूनम प्रजाईले आईतबार बिद्यालय ब्यबस्थापन समितिको बैठक बसी थप निर्णय र निकास खोजिने बताए । प्र अ ले पटक पटक लेखा परिक्षण गर्ने बचन दिएको तर यस पटक पनि उनले अटेर गर्ने र नर्गने उनको भनाई छ। कुनै पनि सरकारी कार्यलय वा सार्बजानिक संस्थाले बार्षिक लेखा परिक्षाण गराउनु पर्ने हुन्छ ।
स्थानिय दिर्घराज प्रसाईले बिद्यालयमा बिगत ६ महिना देखि यो समस्या रहेको बताएका छन् ।
बिद्यालय ब्यबस्थापन समिति प्र. अ. र अभिमाबक्रको असमझदारीले प्र. अ. माथि सो बिद्यालयमा भ्रष्ट्राचारको आशंका चुलिएको हो । सर्ब पक्ष प्रतिनिधि भेला भै निकास खोजे समस्या सामाधान हुने केही बिज्ञको भनाई रहेको छ ।
Comments
Post a Comment