बिर्तामोड ६ मा सदस्य एक एमाले अरु कांग्रेस

जेठ ७ झापा

 बिर्तामोड वडा न.६ वडा अध्यक्ष पदमा सूर्य प्रसाद कन्दङ्गवा निर्बाचित भएका छन्। उनले १२८३ मत ल्याएर नेपाली काग्रेसका तर्फबाट वडामा बिजयी भएका हुन् ।

निर्बाचित वडा अध्यक्ष कन्दङ्गवा
त्यस्तै सदस्य हरुमा ने.का. जीवन बास्कोटा गीता शर्मा रेग्मी, शोभा वि क र एमालेका खेम अधिकारी बिजयी भएका छन् ।

वडाका बिजयी सदस्यहरु बास्कोटाले ११७८ मत रेग्मीले १०८३ बि क ले ११२९ र अधिकारीले १०५८ भत प्राप्त गरेका छन् ।

बिजयी उम्मेद्वार केही

वडामा ४ राजनैतिक पार्टीका ४ जना वडा अध्यक्षका प्रत्याशी उम्मेद्वार थिए। त्यस मध्ये नेपाली कांग्रेसका कन्दङ्गवा बिजयी भएका हुन् ।   उनी यस अघि पनि सोही वडाका वडा अध्यक्ष हुन् । यो उनको दोश्रो कार्यकाल हो।

आयोगबाट प्राप्त मत परिणाम

वडामा जम्मा १६ जना सदस्य हरुको निर्बाचनमा उम्मेद्वारी रहेको थियो । त्यस मध्ये ४ जना बिजयी भएका हुन् ।  कन्दङ्गवाका निकटतम् प्रतिदन्द्धी नेकपा एमालेका  बुद्धिराम भट्टराईले भने ९८६ मत प्राप्त गरेका थिए।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन