बिर्तामोड ५ मा वडा अध्यक्ष कांग्रेस सदस्यहरु एमाले

 जेठ ८ झापा

बिर्तामोड वडा न.५ वडा अध्यक्षमा नेपाली कांग्रेसका रोहित प्रसाई निर्बाचित भएका छन्। उनका निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र प्रसाद लिङ्गदेन  लाई हराउदै उनी वडा अध्यक्षमा निर्बाचित भएका हुन् ।

निबीचित वडा अध्यक्ष प्रसाई
निर्बाचित भएका प्रसाईले २४७९ मत प्राप्त गरे भने लिङ्गदेनले २२४९ मत प्राप्त गरेक छन् । दुबैमा २३०  मत अन्तर देखिएको छ। लिङ्गदेन सोही वडाका निर्बतमान वडा अध्यक्ष समेत हुन्।
वडा न.५ को जुलुस

त्यस्तै सदस्यहरुमा नेकपा एमाले बाट दुर्गा प्रसाद शिवाकोटी ,ओम भक्त सेढाई , शान्ता रोका क्षेत्री र मालती बिश्वकर्मा निर्बाचित भएका हुन् । कमश : प्राप्त मत परिणाम  २२११ ,२१६३ ,२२९३ र २२६७ रहेको छ।

आयोगको प्राप्त मत परिणाम
५ न वडामा वडा अध्यक्षको लागि ५ जनाको उम्मेद्वारी थियो । सदस्यहरु भने जम्मा १३ जनाको उम्मेद्वारी रहेको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति