सुबेदी परिवारमा राहतका साथै समवेदना

राहत र समवेदना हस्तान्तरण गरिदै
 
रत्न बहादुर बस्नेत जेठ १३ झापा
 बिर्तामोड। झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि सैनिकबजारको एक परिवारलाई नगद १० हजार राहत सहयोग गरेको छ।
एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवा केन्द्रकी शेयर सदस्य लिलामाया सुबेदीको निधन भएपछि शिवालयचोकस्थित स्व.सुबेदीको निवासमा पुगेर सहकारीले शुद्ध्याई खर्च वापत १० हजार रुपैयाँ प्रदान गरेको हो।
एनएम withसी गरामनी सेवा केन्द्रका कार्यालयगत उपसमिति संयोजक मेदनी न्यौपाने,कार्यालय प्रमुख नवराज ढुुंगाना,सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,सदस्य टिकाप्रसाद दंगाल,एकाई नं.१ का संयोजक कमल खतिवडा, एकाई नं.२ का संयोजक रत्नबहादुर बस्नेत,सदस्य सीतादेवी राई,कार्यालय प्रमुख सन्तोष ढुंगाना,कर्मचारी पवन मैनाली,चन्द्रबहादुर राईलगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको कर्मचारी लुवराज प्रसाईले जानकारी  दिए।
 संस्थामा ६ हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको मातापिता तथा छोराछोरीको निधन भएमा शुद्ध्याई खर्च उपलब्ध गराईने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताइएको छ। प्रदेश-१ कै एटीएम सञ्चालन गर्ने पहिलो सहकारीको रुपमा रहेको एनएमसीका एक लाख २० हजारभन्दा बढी शेयर सदस्य रहेका छन्।
२ नं.एकाई उपसमिति सचिव चन्द्रबहादुर राईले सहजीकरण गरेको कार्यक्रममा उपसमिति संयोजक मनु मुखियाले सहकारीले सदस्यको सुख दुःखमा सधैं साथ दिंदै रहेको जनाईन् ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते