राप्रपा सचिव सुरेन्द्रलाई मातृ शोक

रत्न बहादुर बस्नेत

जेठ १६ झापा

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगर कार्य समितिका सचिव,समाजसेवी सुरेन्द्र आचार्यलाई मातृ शोक परेको छ। 

झापाको अर्जुनधारा नगरपालिका - १ सातकटेरी निवासी आचार्यका ममतामयी माता तथा पत्रकार रत्नबहादुर बस्नेतको सासू आमै समेत रहेकी कृष्णमाया आचार्यको  जेठ १२ गते बिहिबार ९५ वर्षको उमेरमा निधन भएको हो। उनको स्थानीय टाङटिङ्ग नदीमा अन्तेष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ। 

पिता विष्णुलाल र माता जसोदा खनालको कोखबाट जेठी छोरीको रुपमा ईलाम जिल्लाको एकतप्पामा बि.सं. १९८५ भदौ १५ गते जन्मिएकी उनी २०५४ सालदेखि अर्जुनधारा - १ सातकटेरीमा बसोबास गर्दै आएकी थिइन्। उनका पति डम्बरबहादुर आचार्यको पहिल्यै निधन भइसकेको छ। अत्यन्त मिलनसार र धार्मिक प्रवृतिकी स्व.आचार्य हलुवागढ सामुदायिक वन उपभोक्ता समूहद्वारा सम्मानित भइसकेकी थिइन्। 

स्व. कृष्ण माया आर्चाय
उनका चार छोराबुहारी पदमबहादुर-चन्द्री, गणेशबहादुर-ख्यामकुमारी,भक्तराज-राधाकुमारी, सुरेन्द्र-कमला आचार्य तथा तीन छोरीज्वाइँ अभिमाया-स्व. तारा कार्की, धनमाया-पूर्णबहादुर बस्नेत, रत्नमाया-मानबहादुर थापा ,२९ नातिनातिनी, ४५ पनाति पनातिनी तथा ३ खनाति रहेको नाति बासुदेव आचार्यले जानकारी दिए। जेठा छोराको निधन भइसकेको छ भने माइला पदमबहादुर नेकपा माओबादी केन्द्र अर्जुनधारा-१ का संगठित सदस्य तथा हलुवागढ पर्यापर्यटन क्षेत्र कालीखोलाका कर्मचारी रहेका छन्। 

    

 

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते