मेयरको संग्राममा उत्रिए उदय
२३ बैशाख झापा
जसपा बिर्तमोड मेयरमा उदय गुरुङ्ग मेयर पदको उम्मेद्वार बनेका छन्। त्यसै गरि उपमेयर पदमा चिजा राईले उम्मेद्वारी दिनु भएको छ ।
पार्टीले बिर्तामोड मेयर र उपमेयर सहित ४ वटा वडामा वडा अध्यक्ष पदको लागि ३ मा हरि नारायण चौधरी,४ मा शिवम सोराली मगर,५ मा तिल वहादुर राई (अभिषेक) र १० मा राजेश देवानलाई उम्मेद्वार बनाएको छ।
त्यसै गरि ३ न. वडा सदस्यमा लाल बाबु शाह, सुनिल सोरेन (सन्थाल), रञ्जु राजबंशी (चौधरी),४ न. वडा सदस्यमा अमृता लिम्बु,५ न. वडा सदस्य शर्ण लोवा (लिम्बु),७ न. वडा सदस्य गजेन्द्र लावती रहेको जसपा बिर्तामोड नगर उपाध्यक्ष समेत रहेका हरि नारायण चौधरीले जानकारी गराए ।
कसै संङ्ग तालमेल नगरि एकल रणनिति साथ उम्मेद्वारी दर्ता गराएको जसपा बिर्तामोड मेयरका उम्मेद्वार उदय गुरुङ्गले बताए । यसै अनुरूप जसपा बिर्तामोडले चुनाव प्रचार प्रसार समिति गठन गरि स्थानिय निर्बाचन बैशाख ३० को लागि प्रचार प्रसार शुरु गरेको उहाँहरु दुबैको भनाई छ।
Comments
Post a Comment