परकारिता प्रशिक्षण सम्पन्न

 


 बैशाख २१ झापा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुई दिवशिय पत्रकारिताको बदलिदो आयाम : अनलाइन लेखन र समाचार कक्षको भूमिका बिषयको प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कमल गाँउपालिका ५ पाडाजुङ्गी झापामा क्रार्यक्रम समापन भएको हो। कार्यक्रम हिजो मंगलबार उदघाटन गरिएको थियो यसमा गौरादह नगरपालिकाको सहयोग रहेको आयोजकले जानकारी गराएको छ ।
 कार्यकमको अन्तिम दिन आज बुधबार पत्रकारहरु माझ पत्रकार महासंघको भाबी कार्यक्रमको बारेमा अन्तरकृया आयोजना गरिएको थियो। समापन कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरिको अध्यक्षतामा सम्पन्न भएको हो। प्रदेश परिषद प्रतिनिधी लगायत प्रेस सम्बन्ध संघ संस्था सहित २५ जना सहभागी रहेको समापन कार्यक्रमको बिषय मन्तब्य झापा शाखा उपाध्यक्ष केशव भट्टराईले गरेका थिए भने जंचालन सचिव डिडेश लामाको रहेको थियो। 

अध्यक्ष लगायत परिषद प्रतिनिधिले समेत प्रेस स्वतन्त्रता र प्रशिक्षणको बारेमा मन्तब्य राखेका थिए । बैशाख २० गते बिभिन्न कार्यक्रम सहित प्रेस स्वतन्त्रता दिवश मनाईएकोमा यसै क्रममा झापा शाखाले यस प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो। 
नेपाल खबर डटकमका सम्पादक अरुण बरालले सहभागी पत्रकारहरुलाई मंगलबार नै प्रशिक्षण प्रदान गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला