बिर्तामोडमा नेकपा एमालेकी पबित्रा नगर प्रमुख
जेठ ६ झाया
बिर्तामोड स्थानिय तह निर्बाचन बैशाख ३० ,२०७९ मा नेकपा एमालेबाट पबित्रा महतरा प्रसाई नगर प्रमुखमा निर्बाचित हुनु भएको छ। उनी बिर्तामोड नगरपालिकाको निर्बतमान नगर उपप्रमुख हुन्। त्यस्तै उप प्रमुखमा नेकपा एमालेकै नगेन्द्र प्रसाद संग्रौलाले जीत हासिल गर्नु भएको छ ।
![]() |
बिर्तामोड नगरप्रमुख पबित्रा महतरा प्रसाई |
बिर्तामोड नगरप्रमुखको लागि नगरमा १ स्वतनत्र सहित १० उम्मेद्वार रहेका थिए । उप प्रमुखमा भने ९ वटा पार्टीका ९ जना उम्मेद्वार रहेको हो।
![]() |
बिर्तामोड नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला |
बिजयी नगरप्रमुखले १६५२०. मत प्राप्त गर्नु भएको छ भने प्रतिद्वन्दी कांग्रेसका भोजराज सिटौलले १२७६२ मत प्राप्त गरेका छ्न् ।
बिजयी उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले १५५८६ मत प्राप्त गरे भने प्रतिद्वन्दी माओबादीका चन्द्र प्रसाद कडरियाले ८४५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै बिर्तामोड नगरको १० वटा वडामा वडाअध्यक्ष समेत निर्बाचित भैसकेका छन् । त्यसमा क्रमश: अग्नी प्रसाद पाण्डे, किशोर कुमार पौडेल , मदन बुढाथोकी , राहुल कुमार शर्मा , रोहित प्रसाई , सुर्य प्रसाद कन्दङ्गवा ,कृष्ण प्रसाद खरेल ,अजय कार्की, हरि प्रसाद चौलागाँई र दुर्योधन गुरुङ्ग निर्बाचित छन्। ती मध्ये कतिपय वडामा पुरानै उम्मेद्वार दोहोरिए भने कतिपय वडमा नयॉ उम्मेद्वार देखा परेका छन् । बितामोड नगर भरि १ जना पनि महिला वडा अध्यक्षले जीत हासिल गरेका छैनन् । संगसंगै नयाँ कार्यकालको लागि ४० जना वडा सदस्य समेत निर्वाचित भएका छन् । बिर्तामोड नगरपालिकाले यो स्थानिय तह निर्बाचनमा १० वडा अध्यक्ष ४० सदस्य १ नगरप्रमुख र १ उपप्रमुख गरि जम्मा ५२ जना जनप्रतिनिधि प्राप्त गरेको छ।
![]() |
चन्द्र प्रसाद कडरिया |
बिर्तामोड नगरपालिकामा पुरुष १९९६७ र महिला २१०७७ गरि जम्मा ४१०४४ मतदाता रहेको आयोगले जनाएको छ ।
![]() |
०७४ को मत परिणाम |
बिर्तामोड नगरप्रमुखमा नगरभरि वडा अध्यक्षमा ४८ जनाले खुला सदस्यमा ७२ जनाले महिला सदस्यमा ३४ र दलित महिला सदस्यमा ३० जनाले उम्मेद्वारी दर्ता गराएका थिए।
![]() |
बिर्तामोड नगर पालिकाको कार्यलय |
स्थानिय तह निर्बाचन नेपाल अधिराज्यमा लोकतन्त्र आए पश्चात यो दोश्रो कार्यकाल को लागि हो। अघिल्लो निर्बाचन २०७४ अषाढ १४ गते सम्पन्न भएको थियो ।
अहिल्लो निर्बाचनमा बिर्तामोड नगरमा नेकपा एमालेले ९११२ नेपाली कांग्रेसले ८२१७ राप्रपाले ६१७० र माओवादी पार्टीले ३७९४ मत प्राप्त गरेको थियो ।
निर्बाचन आयोगले बिर्तामोडमा ७१.४९ प्रतिशत मत खसेको जानकारी गराएको छ।
बिर्तामोड नगरमा लगभग यो निर्बाचनमा १०-११ वटा राजनैतिक पार्टी नेकपा एमाले नेपाली काग्रेस नेकपा माओबादी ,जनता समाजबादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी ,मंगोल नेशनल अर्गनाईजेशन , आमूल परिवर्तन मसिहा पार्टी नेपाल ,नेपाल लोकतान्त्रिक पार्टी ,मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल , नेकपा माले, उन्नत लोकतन्त्र पार्टी को उम्मेद्वारी देखियो । त्यस मध्ये केही स्वतन्त्र उम्मेद्वार पनि थिए । यि मध्ये कतिपय पार्टीले चुनावी तालमेल गरे भने कतिपय पार्टीले एकल रणनितिमा चुनावमा भाग लिए।
![]() |
स्थानिय निर्बाचन बैशाख ३० को लोगो |
![]() |
आयोग बाट प्राप्त मत बिवरण |
Comments
Post a Comment