बिर्तामोड विद्युत केन्द्रमा आगलागी बिराटनगरको टोली बाट मर्मत गर्ने

आगलागीबाट क्षति हुन गएको प्यानलबोर्ड

जेठ १३ झापा

बिर्तामोड नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा आगलागी भएको छ। आज बेलुकी ६:४५ बजे आगलागी भएको हो।

१३२/३३ प्रसारण लाइनको प्यानल बोर्डमा आगलागी भएको त्यंहाका बिद्युत सुपर भाइजर दिपेश ले बताउनु भयो। बिद्युत आगलागी हुंदा के कति क्षति भएको छ तत्काल बताउन नसकिने बताए । बिराटनगरबाट मर्मत टोली आए पछि मर्मत हुने उनको भनाई छ। आफुहरु संग सो सम्बधी मर्मत्त गर्ने साधन श्रोत नभएको पनि जानकारी गराए । थप तथ्यको लागि कार्यलय प्रमुखसंग सम्पर्क राख्न उनले भने । प्यानल बोर्डमा अकस्मात आगो लागेको र निभाउने कार्य भएको हो।

हाल उक्त प्रसारण केन्द्र बाट बिद्युत प्रसारण हुने क्षेत्रमा बिद्युत छैन् । संभव भएमा विद्युत सुचारू हुने भन्ने नत्र भोली मात्र सुचारू हुने जानकारी गराईएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन