बिर्तामोड विद्युत केन्द्रमा आगलागी बिराटनगरको टोली बाट मर्मत गर्ने

आगलागीबाट क्षति हुन गएको प्यानलबोर्ड

जेठ १३ झापा

बिर्तामोड नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा आगलागी भएको छ। आज बेलुकी ६:४५ बजे आगलागी भएको हो।

१३२/३३ प्रसारण लाइनको प्यानल बोर्डमा आगलागी भएको त्यंहाका बिद्युत सुपर भाइजर दिपेश ले बताउनु भयो। बिद्युत आगलागी हुंदा के कति क्षति भएको छ तत्काल बताउन नसकिने बताए । बिराटनगरबाट मर्मत टोली आए पछि मर्मत हुने उनको भनाई छ। आफुहरु संग सो सम्बधी मर्मत्त गर्ने साधन श्रोत नभएको पनि जानकारी गराए । थप तथ्यको लागि कार्यलय प्रमुखसंग सम्पर्क राख्न उनले भने । प्यानल बोर्डमा अकस्मात आगो लागेको र निभाउने कार्य भएको हो।

हाल उक्त प्रसारण केन्द्र बाट बिद्युत प्रसारण हुने क्षेत्रमा बिद्युत छैन् । संभव भएमा विद्युत सुचारू हुने भन्ने नत्र भोली मात्र सुचारू हुने जानकारी गराईएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते