कबिता - मेरो प्यारो देश हो

दिनेश राई माङ्पाङ्ग

वीर विरङ्गनाहरुको रगत पसिनाले     

सिन्चिएको मेरो देश ।                        

त्यसैले इतिहासदेखि स्वतन्त्रता स्वाधीन छ मेरो देश ।

आज राष्ट्र भक्त हराएको छ दुश्मनले गिद्देनजर गाडेको छ कि ।        

आज चारै तिरबाट देश लुछिन्दै छ कि।           

.पुर्खाहरू बाट मुटु कमाउने दुश्मनले

आज किन हाम्रा जङ्गे पिलर लाई तोड्दैछ कि '         

आज किन हाम्रा जङ्गे पिलर लाई तोड्दैछ कि ।

देशले प्राण मागे प्राण दिनसक्नु पर्छ ।

झापाको सिमाना मिचिदा दार्चुला को युवालाई दुख्नु पर्छ ।                   

यसरी देश लुछिदै गए भने त सारा हामी नेपाली एकजुट भई अब उठ्नु पर्छ ।                                 

यसरी देश नै लुछिदै गए भने त सारा हामी नेपाली एकजुट भई अब उठ्नु पर्छ ।  

सारा नेपाली एकजुट भई अब उठ्नु पर्छ ।              जय देश जय स्वाधीनता ।

                                   जिल्ला : संखुवासभा

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया