कबिता - मेरो प्यारो देश हो
![]() |
दिनेश राई माङ्पाङ्ग |
वीर विरङ्गनाहरुको रगत पसिनाले
सिन्चिएको मेरो देश ।
त्यसैले इतिहासदेखि स्वतन्त्रता स्वाधीन छ मेरो देश ।
आज राष्ट्र भक्त हराएको छ दुश्मनले गिद्देनजर गाडेको छ कि ।
आज चारै तिरबाट देश लुछिन्दै छ कि।
.पुर्खाहरू बाट मुटु कमाउने दुश्मनले
आज किन हाम्रा जङ्गे पिलर लाई तोड्दैछ कि '
आज किन हाम्रा जङ्गे पिलर लाई तोड्दैछ कि ।
देशले प्राण मागे प्राण दिनसक्नु पर्छ ।
झापाको सिमाना मिचिदा दार्चुला को युवालाई दुख्नु पर्छ ।
यसरी देश लुछिदै गए भने त सारा हामी नेपाली एकजुट भई अब उठ्नु पर्छ ।
यसरी देश नै लुछिदै गए भने त सारा हामी नेपाली एकजुट भई अब उठ्नु पर्छ ।
सारा नेपाली एकजुट भई अब उठ्नु पर्छ । जय देश जय स्वाधीनता ।
जिल्ला : संखुवासभा
Comments
Post a Comment