बिर्तामोड १० मा राप्रपा सदस्य १ अरु कांग्रेस

जेठ ३ मंगलबार झापा

हाल स्थानिय निर्बाचनमा जनताको भरोसालाई विश्ववस्त पार्दै  बिर्तामोड १० बाट वडा अध्यक्ष पदमा पून: नेपाली कांग्रेसका दुर्योधन गुरुङ्ग वडा अध्यक्षमा बिजयी हुन सफल भएका छन् । बिभिन्न पार्टी बाट वडा न.१० मा ५ जनाले वडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए।

दुर्योधन गुरुङ्ग

त्यस्तै वडा सदस्यहरुमा कांग्रेसकै पञ्चधन राई, धनमाया श्रेष्ट, दिपिका सिवा र राप्रपाका पृथ्वी  बस्‍नेत निर्बाचित भएका छन्। बिर्तामोड १० मा बिभिन्न पार्टी बाट वडा सदस्य हरुमा जम्मा ११ जना उम्मेद्वार रहेका थिए।

 मत परिणाम दुर्योधन गुरुङ्ग १९९३, दिपिका सिवा १८५८, धनमाया श्रेष्ट १७१६, पन्चधन राई १६९४, पृथ्वी बस्नेत १५६३ प्राप्त गरेकाे आयोगले जनाएको छ ।

बिर्तामोड १० मा गुरुङ्ग को यो दोस्रो कार्य काल हो भने सदस्यमा दिपिका सिवाको पनि दोश्रो कार्यकाल नै हो। अन्य नयाँ सदस्य हरु हुन्। गुरुङ्गका निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका रिमानध्वज सुब्बाले भने १५५९ मत प्राप्त गरेका छन्।

मत परिणामा आयोग





Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति