बिर्तामोडमा महिला उम्मेद्वार को कहाँ के कत्ति ?
सुरेश आले" सर्जु"
बिर्तामोड बैशाख २५ झापा स्थानिय निर्बाचन २०७९ बैशाख ३० को लागि बिर्तामोड नगरमा मेयरमा १, उपमेयरमा ६, वडा अध्यक्ष १, महिला सदस्य ३४, दलित महिला सदस्य ३० गरि जम्मा ७२ जना महिला उम्मेद्वार हरुको नाम प्रकाशमा आएको छ।
![]() |
| पबित्रा महतरा प्रसाई |
जसमा मेयर पदको लागि १ मात्र नेकपा एमाले बाट पबित्रा महतरा प्रसाईको नाम छ । उनी यो भन्दा अघिल्लो निर्वाचनमा बिर्तामोड नगरमा उपमेयरमा बिजेता बनेकी थिइन् ।
त्यसै गरि उपमेयर पदको लागि बिर्तामोड नगरमा महिला उम्मेद्वार प्रश्तुत गर्ने ६ वटा राजनैतिक पार्टी रहेका छन् । जसमा जसपा, राप्रपा, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च , मंगोल नेशनल अर्गनाईजेशन, मोलिक जरोकिलो र बिवेकशिल साझा पार्टी रहेका छन्|
![]() |
| सन्जु प्याकुरेल |
![]() |
| सुमित्रा श्रेष्ट |
![]() |
| अनिता खत्री पौडेल |
सर्सती हेर्दा बिर्तामोड नगरमा नगर प्रमुख र वडामा महिला उम्मेद्वारको संख्या कम देखिन्छ । निर्बाचनमा महिला सहयागिता बढाउन महिला सदस्य र दलित महिला सदस्यको कोटा निर्धारण गरिएको हो। यस किसिमको ब्यबस्थाले महिला हरुको राजनितिमा पहुँच पुग्ने निर्वाचन आयोगले आशा गरेको छ । बिर्तामोड नगरपालिका भित्र १० वटा वडा छन्। यस मध्ये कति जना बिजयी भएर आउने हुन अनुमान गर्न सकिदैन। यो निर्बाचनमा सबैले आ-आफनो एजेन्डा अगाडी सारेका छन् । बैशाख ३० मा हुने स्थानिय निर्बाचनमा देशभर १,४१,४६८ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। झापामा ७२९ पदको लागि २,९१४ जना उम्मेद्वार रहेका छन्।




Comments
Post a Comment